प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
राजेन्द्र सिंह रावल
प्रदेश सभा सदस्य
समनुपातिक
कञ्चनपुर,
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
| नाम | राजेन्द्र सिंह रावल |
| Name | Rajendra Singh Rawal |
| मोबाइल नं. | ९८४८७२१६९९ |
| जन्म मिति | 2021-02-16 |
| जन्म स्थान | दशरथचन्द नगरपालिका 5, मारकाण्ड गाउँ |
| स्थाई ठेगाना | भीमदत्त नगरपालिका 6 ऐठपुर, कञ्चनपुर |
| बुवाको नाम | दान सिंह रावल |
| आमाको नाम | कलावती देवी रावल |
| पति/पत्निको नाम | सरस्वती देवी रावल |
| सन्तान | 2 छोरा 3 छोरि |
| शिक्षा | स्नातक |
| धर्म | हिन्दु |
राजनीतिक यात्रा :
- २०३६ सालको जनमत संग्रहको बेला भएको जन आन्दोलनमा सहभागी ।
- २०३९ सालमा अनेरास्ववियुमा आवद्धता ।
- २०४२ मा बैतडी जिल्लामा शिक्षक आन्दोलनको नेतृत्वदायी भूमिकामा काम गरेको ।
- २०४५ सालमा माक्र्सवादी अध्ययन दलको सदस्य, कञ्चनपुर ।
- तत्कालिन महेन्द्रनगर (भीमदत्त) नगर कमिटी सदस्य (भुमिगत भइ कार्य सञ्चालन) ।
- २०४६ सालमा राष्ट्रवादी नेता प्रेम सिंह धामी नेतृत्वको प्रथम जिल्ला संगठन कमिटी सदस्य, कञ्चनपुर ।
- २०४७ सालमा अनेरास्ववियु तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित ।
- ०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा (प्ररायु) संघ, प्रथम राष्ट्रिय सम्मेलन प्रतिनिधि ।
- २०४८ मा प्ररायु संघको राष्ट्रिय परिषद् सदस्य तथा बैतडी ईन्चार्ज ।
- २०५४ देखि ०५९ सालसम्म उप–सभापति, जिल्ला विकास समिति कञ्चनपुर ।
- २०५६ सालमा नेकपा (एमाले) कञ्चनपुरको पार्टी उप–सचिव ।
- २०५७–२०६० सम्म नेकपा (एमाले) कञ्चनपुरको जिल्ला सचिव ।
- २०५९–६३ सालसम्म नेकपा (एमाले) कञ्चनपुरको संगठन विभाग प्रमुख ।
- २०६०–२०६६ सालसम्म पुनः जिल्ला सचिव नेकपा (एमाले) कञ्चनपुर ।
- २०६२÷०६३ को जनआन्दोलनमा नेतृत्वदायी भुमिका ।
- २०६६ नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिव ।
- २०७५ जेठ ३ देखि ०७७ चैत ३१ नेकपा केन्द्रीय कमिटी सदस्य ।
- २०७८ सालमा केन्द्रीय सदस्य नेकपा (एमाले) ।
- हाल नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा बझाङ जिल्ला इन्चार्ज ।
- २०७९ मा नेकपा (एमाले) बाट सामानुपातिक सांसद निर्वाचित
जेल÷यातना :
- २०४९ सालमा महाकाली आन्दोलनमा जेल सजाय ।
- २०५० सालमा राष्ट्रघाती टनकपुर सन्धी विरुद्धको आन्दोलनमा नेतृत्वदायी भुमिकासँगै तत्कालिन सत्ता पक्षबाट गिरफ्तारसहित सार्वजनिक मुद्धा खेपेको ।
- भारतीय हस्ताक्षेप विरुद्ध गड्डाचौकीमा भएको गोलिकाण्ड आन्दोलनको अगुवाई ।
अनुभव :
- २०५८ सालमा जिल्ला आवधिक योजना सह–संयोजक ।
- २०५८ मा सामुदायिक वन उपभोक्ता महासंघ, कञ्चनपुरको स्थापना गरेको ।
- विश्व समाजवादी सम्मेलन सन् २००१ मुम्बई भारतमा सहभागी ।
- एसिया समाजवादी सम्मेलन, हैदरावाद, भारतमा सहभागी ।
- ब्राजिलमा माक्र्सवादी अध्ययनबारे एक महिने तालिम । जबजबारे प्रस्तुती दिएको ।
- महाकाली नदीका सवालबारे अन्तराष्ट्रिय गोष्ठीमा सहभागी ।
- महाकाली नदीका सवालबारे दुई देशीय बैठकमा नेपालको प्रतिनिधिको रुपमा सहभागी
- सुदूरपश्चिम प्रदेश स्थापना तथा निर्माणमा राजनीतिक भुमिका ।
- सुदूरपश्चिम विश्वविद्यालय स्थापनार्थ आन्दोलनमा नेतृत्वदायी भुमिका ।
- प्रविधिको विकास तथा ई–गर्भनेन्सबारे भारत भ्रमण ।
प्रकाशित कृतिहरु :
- डोटी राज्यको मध्यकालीन ईतिहास ९त्ज्भ ज्क्ष्कतयचथ या ःभमष्भखब िम्यतष्० ।
- त्जभ भ्अजयभक उयधभच या उबककष्यल (कविता संग्रह) ।
- चुरे संरक्षण आवाज बुलेटिनमा सम्पादकको रुपमा काम गरेको ।
- विभिन्न राष्ट्रिय तथा स्थानीय दैनिक पत्रपत्रिकाहरुमा सयौं आलेख प्रकाशन भएका ।
विगतको पेशा : शिक्षण
ह्वाटसएप नं. : ९८४८७२१६९९
इमेल : rawalrajendra6@gmail.com
प्रदेश सभा सदस्यको रुपमा पाँच वर्षीय कार्यकालको लक्ष्य : समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने ।
व्यक्तिगत रुची : घुमफिर, पर्यटन प्रर्वद्धन, ईतिहास र साहित्य लेखन, संस्कृति संरक्षण लगायत ।
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain