
प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली

परिचय
कार्यकारिणीलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने, सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने, सरकारी आश्वासन, प्रत्यायोजित व्यवस्थापन, संवैधानिक निकायका वार्षिक प्रतिवेदन एवं समसामयिक विषयहरुमा छलफल र छानबिन गरी राय सुझाव सल्लाह र निर्देशन दिने, अनुगमन र मूल्यांकन गर्ने जस्ता कार्यहरु सभा आफैँले गर्दा समय बढी लाग्ने, कार्यबोझ अधिक हुने भएकाले यसलाई सहज र सरल तरिकाले नियमित र व्यवस्थित गर्न आवश्यकताअनुसार विषयगत समितिहरु गठन गरिएका हुन्छन् । यस्ता समितिहरुलाई संसदको हेल्पिङ ह्यान्डस् को रुपमा समेत लिने गरिन्छ ।
सभाको नियमित कार्यमा सहयोग पुर्याउन प्रदेश सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिने सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० मा उल्लिखित व्यवस्था अनुसार प्रदेश सरकारलाई प्रदेश सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रदेश सभामा चारवटा विषयगत समिति गठन भएका छन् जस मध्ये सामाजिक विकास समिति एक महत्त्वपूर्ण समिति रहेको छ ।
लोकतन्त्रमा नागरिकका हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता हुन्छ । वास्तवमा यो नै लोकतन्त्रको मूल मन्त्र हो र यसमा नै नागरिकको विश्वास अडेको हुन्छ । लोकतन्त्र जनताको शासन व्यवस्था हो । यद्यपि यसमा जनताले प्रत्यक्ष शासन गर्ने नभई उनीहरूका प्रतिनिधिमार्फत शासन सञ्चालन हुन्छ । संसदीय प्रणाली अवलम्बन गरेका देशहरूमा संसदले कानून निर्माणजस्तो महत्त्वपूर्ण र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्छ । यस समितिले मानव अधिकारको सम्मान‚ संरक्षण र संवर्द्धन गर्नका लागि सरोकारवाला निकायहरूलाई आवश्यक सल्लाह‚ सुझाव तथा निर्देशन दिने गर्दछ । त्यसै गरी समितिले कानून र न्यायको क्षेत्रमा सकारात्मक सुधार गरी लोककल्याणकारी राज्य र कानूनी राज्य स्थापनामा सरकार र सम्बन्धित निकायलाई रचनात्मक भूमिका प्रस्तुत गर्दछ ।
यस समितिको कार्यक्षेत्र देहायबमोजिम रहेको छ:-
क) सामाजिक विकास मन्त्रालय,
ख) भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,
ग) श्रम, सामाजिक न्याय, मानवअधिकार
घ) सम्वद्ध विषय तथा निकाय ।
सामाजिक विकास समितिमा रहनुहुने माननीय सदस्यहरुः
क्र.स. |
पदाधिकारीको नाम, थर |
राजनीतिक दल/पार्टी |
सम्पर्क नं. |
१ |
मा. धर्म राज पाठक (सभापति) |
नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
९८५८४२००९७ |
२ |
मा.ओम विक्रम भाट |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
९८५११६२८४१ |
३ |
मा. कैलाश चौधरी |
नागरिक उन्मुक्ति पार्टी |
९८६८५५१९०६ |
४ |
मा.खुशी राम डगौरा थारु |
नागरिक उन्मुक्ति पार्टी |
९८४८४७२२२३ |
५ |
मा.जानकी देवी कुँवर |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
९८४८१२०८०८ |
६ |
मा.झपट बहादुर साउद |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
९८६०४२०७३४ |
७ |
मा.श्रीमती माया पन्त |
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) |
९८४८७३८१७९ |
८ |
मा.शिव राज भट्ट |
नेपाली काँग्रेस |
९८४१५२६९३९ |
गठन तथा हेरफेरः मिति २०८० जेठ ०६, मिति २०८१ जेठ २२, मिति २०८१ माघ ०६, मिति २०८१ फागुन ०४
समिति सचिवालय :
सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १७२ मा समितिको सचिवालय सम्बन्धी व्यवस्था रहेको छ । सचिव प्रत्येक समितिको पदेन सचिव हुनेछ । सचिवले आफू मातहतको अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था छ । समितिको सचिवले समितिको कार्य सम्पादनमा सहयोग पुर्याउन सम्बन्धित मन्त्रालय वा अन्तर्गतका निकायसँग आवश्यक जानकारी माग गर्न सक्ने व्यवस्था रहेको छ ।
सामाजिक विकास समितिमा हाल कार्यरत कर्मचारीहरुः
क्र.स. |
पद |
कर्मचारीको नाम, थर |
सम्पर्क नं. |
इमेल |
१ |
समिति सचिव |
श्री युवराज जैशी |
९८४८६८९७८४ |
ysrj31@gmail.com |
२ |
सहायक |
श्री चेतन भाट |
९७६७७०९३११ |
bhatchetan26@gmail.com |
३ |
सहायक |
श्री सुर्य प्रकाश सिंह |
९८६८३७३७२२ |
suryaprakashsingh533@gmail.com |
४ |
का.स. |
श्री विक्रम कुँवर |
९७४८८८२१९१ |
bikramjungkunwar@gmail.com |
सामाजिक विकास समितिको इमेल ठेगानाः- sdc.sudurpashchim@gmail.com