अ-
अ+
डाउनलोड एप
Back
प्रदेश सभा परिचय

नेपालको साविक सेती अञ्‍चलका ५ जिल्ला (अछाम, कैलाली, डोटी, बझाङ र बाजुरा) र महाकाली अञ्‍चलका ४ जिल्ला (कञ्‍चनपुर, डडेल्धुरा, दार्चुला र बैतडी) का भूभागलाई समेटी सुदूरपश्‍चिम प्रदेशमा सीमाङ्‍कन गरिएको छ । नेपालको संविधानको धारा १७५ मा प्रदेश व्यवस्थापिकालाई प्रदेश सभा भनिएको छ। यस प्रदेशबाट प्रदेश सभामा कूल ५३ जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ । जसमा पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३२ जना (६०%) र समानुपातिक निर्वाचन प्रणालीबाट २१ जना (४०%) रहेका छन् ।

प्रदेश सभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य निश्‍चित कार्यविधिका माध्यमबाट यसले सुनिश्‍चित गर्दछ । जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रदेश सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ । सुदूरपश्‍चिम प्रदेशलाई जनसंख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा ३२ (बत्तीस) निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट १ (एक) जना रहने गरी पहिलो हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित भएका ३२ (बत्तीस) जना र सम्पूर्ण प्रदेशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित भएका २१ (एक्‍काइस्) जना गरी कुल ५३ (त्रिपन्न) सदस्य रहेको प्रदेश सभा रहेको छ ।

प्रदेश सभाको मिति २०७५।०६।११ गते बसेको दोस्रो अधिवेशनको ४५औँ बैठकले प्रदेशको नाम "सुदूरपश्‍चिम प्रदेश""गोदावरी नगरपालिकाको वडा नं. २ र ४" गोदावरी, कैलालीस्थित स्थानलाई राजधानी पारित गरेको थियो ।

सुदूरपश्‍चिम प्रदेश सभामा दलीय प्रतिनिधित्व निम्नानुसार रहेको छ :

सि.नं.

दलको नाम

प्रत्यक्ष

समानुपातिक

 

जम्मा

महिला

पुरुष

महिला

पुरुष

नेपाली कांग्रेस

११

१८

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)

११

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

११

नागरिक उन्मुक्ति पार्टी

नेपाल कम्यूनिष्ट पार्टी(एकिकृत समाजवादी)

राष्ट्रिय प्रजातन्त्र पार्टी

स्वतन्त्र

जम्मा

३२

१८

५३

 

प्रत्यक्ष प्रसारण
भिडियो संग्रहहरु
अडियो संग्रहहरु
सम्पूर्ण विवरण (Varbatim)
प्रदेश सभा पुस्तकालय


© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain