
प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली

प्रदेश सभा सचिवालय
प्रदेश सभा सचिवालयको परिचय
नेपालको संविधानको धारा १९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न प्रदेश सभा सचिवालय रहेको छ । यस सचिवालयको मुख्य जिम्मेवारी र कार्य प्रदेश सभाको कार्यहरुमा प्रशासकीय सहयोग गर्नु हो ।
प्रदेश सभाको काम कारबाही सुचारु रुपले सञ्चालन र व्यवस्थापन गर्न सुदुरपश्चिम प्रदेशको प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापन सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम प्रदेश सभा सचिवालयको स्थापना भएको छ । सचिवालयले प्रदेश सभा र यसका विषयगत समितिले गरेका निर्णय र निर्देशन कार्यान्वयन गर्ने गराउने कार्य गर्दै आएको छ । त्यसका अलावा सभा, समिति र संसदीय दलका कार्यालयहरुको व्यवस्थापन तथा सभा र समितिको बैठक व्यवस्थापन गर्ने कार्य समेत प्रदेश सभा सचिवालयले गर्दै आएको छ ।
प्रदेश सभा सचिवालय एक प्रशासनिक निकाय हो । सभा र सचिवालयलाई सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यक नीति, कार्यक्रम तथा बजेट निर्धारण गर्न र रेखदेख, नियन्त्रण तथा सुपरिवेक्षण गर्नको लागि देहाय बमोजिमको सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहने व्यवस्था सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम २११ मा रहेको छ:-
(क) सभामुख - अध्यक्ष
(ग) उपसभामुख - उपाध्यक्ष
(च) प्रदेश सभा सचिव - सदस्य
(छ) प्रदेश सभा सचिवालयको वरिष्ठतम अधिकृत - सदस्य सचिव
प्रदेश सभा सचिवालयको काम, कर्तव्य र अधिकार
सचिवालयको प्रमुख उद्देश्य भन्नु नै प्रदेश सभाको काम कारवाहीलाई आवश्यक पर्ने प्रशासनिक, व्यवस्थापकीय एवं प्राविधिक सहयोग उपलब्ध गराउनु हो । सुदुरपश्चिम प्रदेशको प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापन सम्बन्धी ऐन, २०७५ को दफा ४ को उपदफा (१) बमोजिम प्रदेश सभा सचिवालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) प्रदेश सभा तथा प्रदेश सभाका समितिलाई विधायिकी कार्यमा सहयोग गर्ने,
(ख) प्रदेश सभाको काम कारबाहीलाई नियमित, प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक प्रशासनिक, आर्थिक र भौतिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
(ग) प्रदेश सभा, प्रदेश सभाका समिति र सदस्यलाई तोकिए बमोजिम सेवा सुविधा उपलब्ध गराउने,
(घ) प्रदेश सभाका समितिको निर्णय कार्यान्वयन सम्बन्धमा आवश्यक कार्य गर्ने,
(ङ) प्रदेश सभाको सूचना प्रणालीलाई प्रभावकारी बनाउने,
(च) प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयलाई तोकिए बमोजिम सेवा सुविधा उपलब्ध गराउने,
(छ) संसदीय अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य गर्ने,
(ज) प्रदेश सभा परिसरमा सुरक्षा व्यवस्थापन गर्ने ।
(झ) गैरसरकारी विधेयकको अध्ययन अनुसन्धान गरी मस्यौदा तयार गर्ने कार्यमा सदस्यलाई सहयोग पुन्याउने,