अ-
अ+
डाउनलोड एप
Back
प्रशासन शाखा

सचिवालयको सामान्य प्रशासन तथा आर्थिक प्रशासन सञ्चालन गर्नु, कानूनद्वारा निर्देशित सेवा  सुविधाहरु उपलब्ध गराउनु, प्रदेश सभाको बैठक कक्षहरु र सचिवालयको कार्यकक्षको व्यवस्थापन गरि सभाको आवधिक योजना तथा वार्षिक वजेट तर्जुमा गर्नु यस शाखाको प्रमुख कार्य हो । संसदीय गतिबिधिको प्रभावकारीताको लागि ज्ञान, सीप अभिबृद्धि र मूल्यमा विकास गरि संसदीय कार्यलाई दक्षतापूर्ण, गुणस्तरीय र नतिजामूलक बनाउछ । संसदको प्रभावकारीता माननीयहरु र कर्मचारीहरुको संयुक्त प्रयास र पहलबाट हुने हुँदा शाखाको क्रियाकलाप दुबैपक्षको आवश्यकतामा केन्द्रित हुने गर्दछ । यस शाखाले प्रदेश सभाका माननीयज्यूहरुको लागि समेत पुनर्ताजगी अभिमुखीकरणमूलक, अनुभव आदान प्रदान केन्द्रित कार्यहरु गर्ने गर्दछ । कर्मचारीहरुको पेशागत दक्षता विकासको लागि, व्यवस्थापन, नेतृत्व संसद गतिविधि सम्बन्धी जानकारी मूलक क्षेत्रगत र समसामयिक सवालमा तालिम, माग र आवश्यकता समेतलाई मध्यनजर गदै क्षमता विकास गर्ने नेतृत्वदायी भूमिका, संसदीय गतिविधिहरुको अध्ययन र अनुसन्धान गर्ने गराउने कार्य समेत यस शाखाको कार्यविवरण अन्तर्गत पर्दछ ।



© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain