
प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली

प्रशासन, योजना तथा मर्यादापालन इकाई
संसदीय गतिबिधिको प्रभावकारीताको लागि ज्ञान, सीप अभिबृद्धि र मूल्यमा विकास गरि संसदीय कार्यलाई दक्षतापूर्ण, गुणस्तरीय र नतिजामूलक बनाउछ । सचिवालयको कार्यप्रकृति र समकालिन अवस्था अनुरुप संस्थागत उद्देश्य हासिल गर्न जनशक्ति योजना सम्बन्धी नीति, समन्वय, कार्यक्रम र सुझाब उपलब्ध गराउनु यस इकाईको प्रमुख कार्य हो । यसले सचिवालय अन्तर्गत आवश्यक पर्ने मानवश्रोत योजना (Human Resource Planning) संगठन व्यवस्थापन (Organization & Management) को काम समेत गर्दछ । संस्थाको निरन्तर सिकाइ र सुधारको लागि आवश्यक पर्ने जनशक्तिको आँकलन र प्रक्षेपण गरि दरबन्दी पुनसंरचना सम्बन्धमा विज्ञहरुको रायसुझाव संकलन गर्ने कार्यप्रक्रिया अघि बढाउने र विशेषतः सचिवालयको गुणस्तर सुधारको लागि जनशक्ति योजना तथा संगठन विकास गर्नु यसको मूलभूत कार्य हो ।
सचिवालयको सामान्य प्रशासन तथा आर्थिक प्रशासन सञ्चालन गर्न, प्रदेश सभा तथा समितिहरु, सचिवालय स्थल एवं परिसरको सुरक्षा गर्न, वैठक सुचारु रुपले सञ्चालनको लागि मर्यादापालन सम्बन्धी कार्यमा सघाउ पुर्याउन, संसदीय दलहरुविच आवश्यक समन्वय कायम गर्न/गराउन, संसदीय गतिविधिहरुको अध्ययन र अनुसन्धान गर्ने गराउने कार्यमा शाखालाई आवश्यक सहयोग पुर्याउन, प्रदेश सभा र समितिको बैठक कक्षहरु र सचिवालयको कार्यकक्षको व्यवस्थापन गरि सभाको आवधिक योजना तथा वार्षिक वजेट तर्जुमा गर्न, प्रदेश सभामा आवश्यक पर्ने सवारी साधनहरुको व्यवस्थापन गर्न नै यस इकाईको गठन भएको हो ।