
प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली

प्रशासन, योजना तथा मर्यादापालन इकाई
इकाईले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम राखिएको छः-
· प्रदेश सभाको व्यवस्थापन सम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गराउने,
· कर्मचारीहरूको सरूवा, बढुवा, स्वेच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साहन, पुरस्कार, वृत्ति विकास, विभागीय सजाय, हाजिरी, विदाको अभिलेख, कार्य सम्पादन मूल्याङ्कन, सम्पत्ति विवरण व्यक्तिगत विवरणसम्बन्धी कार्य तथा अन्य अभिलेखहरू अद्यावधिक राख्ने,
· कर्मचारी प्रशासनसम्बन्धी निर्णयहरू कार्यान्वयन गराउने,
· कर्मचारीहरूको आन्तरिक खटनपटनसम्बन्धी कार्य गराउने,
· सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको लागि समिति सचिवालयको रूपमा कार्य गर्ने,
· वैदेशिक प्रतिनिधिमण्डल वा कुटनैतिक नियोग वा अन्य यस्तै संस्थाका प्रतिनिधिसँगको शिष्टाचार भेटघाट कार्यक्रमको व्यवस्थापन गर्ने,
· नेपाली प्रतिनिधि मण्डलबाट हुने भ्रमणसँग सम्बद्ध विषयमा सम्बन्धित निकाय, संघ संस्था तथा विशेषज्ञहरूसँग राय परामर्श एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने,
· विदेश भ्रमणमा जाने र प्रदेश सभाको भ्रमणमा आउने प्रतिनिधि मण्डलको व्यवस्थापनसम्बन्धी कार्य गराउने,
· संसदीय पदाधिकारी तथा सचिवालयका पदाधिकारीहरूलाई नियमानुसार सवारी साधन, इन्धन, सवारी चालक उपलब्ध गराउने,
· सचिवालयको वार्षिक कार्यक्रम निर्माण, योजना तर्जुमा, कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने,
· सचिवालयको लागि मसलन्द तथा जिन्सी सामानहरूको व्यवस्थापन, भौतिक सम्पतिको संरक्षण गर्ने,
· प्रदेश सभाका बैठकमा आउने सञ्चारकर्मी तथा दर्शकहरूको लागि आवश्यक प्रवेश पास वितरणसम्बन्धी कार्य गर्ने,
· प्रदेश सभाको बैठकमा आउने माननीय मन्त्री, पदाधिकारी, सदस्यहरूको हाजिर गराउने र उक्त विवरण मासिक रूपमा आर्थिक प्रशासन तथा सांसद सुविधा इकाईमा उपलब्ध गराउने,
· स्वीकृत बजेट अनुसार प्रदेश सभा र सचिवालयको लागि आवश्यक मालसामानहरूको खरिद र आपूर्तिको व्यवस्था मिलाउने,
· जिन्सी सामानहरूको अभिलेख अध्यावधिक गराउने,
· प्रदेश सभा र अन्तर्गतका समितिहरूको बैठक नियमित र शान्तिपूर्वकरूपमा सञ्चालन गर्ने,
· प्रदेश सभा र अन्तर्गतका समितिका बैठकहरूको सुव्यवस्थाको लागि मर्यादापालनबसम्बन्धी कार्य गर्ने,
· प्रदेश सभा परिसरभित्र प्रवेश गर्ने आगन्तुकहरूको चेकजाँच गर्ने कार्य गर्ने,
· शान्ति सुरक्षाको लागि अन्य निकायबाट खटी आएका कर्मचारीको निर्देशानुसार नियन्त्रण र सुपरिवेक्षण तथा समन्वय सम्वन्धी कार्य गर्ने,
· प्रदेश सभाका सदस्यहरूको आसनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्याउने कार्य गर्ने,
· सुरक्षासँग सम्बन्धित सि.सि.टि.भि.को सञ्चालन, नियमित निगरानी तथा अनुगमनसम्बन्धी कार्य गर्ने र सोको लागि आवश्यक परेमा प्रविधि व्यवस्थापन इकाईको सहयोग गर्ने ।