अ-
अ+
डाउनलोड एप
Back
प्रशासन शाखा

शाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम राखिएको छः-

  • कर्मचारी व्यवस्थापन सम्वन्धी कार्य,
  • सचिवालयका शाखाहरु बीच आपसमा समन्वय सम्वन्धी कार्य,
  • आर्थिक प्रशासन सञ्चालन र सदस्य सुविधा सम्वन्धी कार्य,
  • निजी सचिवालयहरुको व्यवस्थापन सम्वन्धी कार्य,
  • सदस्य तथा पदाधिकारीहरुको शपथ ग्रहण सम्बन्धी आवश्यक व्यवस्था मिलाउने,
  • सदस्यहरुलाई परिचयपत्र उपलब्ध गराउने,
  • सदस्यहरुलाई वितरणका लागि प्राप्त चिठी पत्र तथा सामाग्रीहरु सम्बन्धित पदाधिकारीहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाउने,
  • सदस्यहरुको दस्तखत नमूना संकलन गर्ने र आवश्यकता अनुसार दस्तखत प्रमाणित गर्ने, गराउने,
  • निर्वाचन क्षेत्र वा बसोबास भएको जिल्लाको वस्तुस्थितिको आवश्यक भ्रमण प्रतिवेदन सांसदहरुबाट प्राप्त गरी तत्सम्बन्धी आवश्यक कारवाही गर्ने, गराउने,
  • अधिवेशनको अन्त्य भएपछि आयोजना गरिने जलपान समारोहको व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्ने,
  • सांसदहरुको जीवनी तयार गरी त्यसको अभिलेख राख्ने व्यवस्था मिलाउने,
  • स्वकीय सचिव सम्बन्धी नीति तर्जुमा गर्ने,
  • सदस्यहरुलाई दिइने पारिश्रमिक, टेलिफोन, घर भाडा, स्वास्थ्योपचार र यस्तै अन्य सुविधा सम्बन्धी काम गर्ने,
  • सभाको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने,
  • सचिवालयको योजना तर्जुमा, कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने,
  • सचिवालयको लागि मसलन्द तथा जिन्सी सामानहरुको व्यवस्थापन गर्ने,
  • भौतिक सम्पतिको संरक्षण र विकास गर्ने
  • सभा भवन सचिवालय आदिको लागि आवश्यक निर्माण योजना बनाउने,
  • सभाको दीर्घकालिन सोच सहितको आवधिक योजना तयार गर्ने,
  • सचिवालय परिसरभित्र रहेका खानेपानी, ढल निकास, सरसफाई, बगैंचा व्यवस्थापन लगायतका कार्य गर्ने ।
  • अन्य महाशाखालाई नतोकिएको कार्य ।


© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain