अ-
अ+
डाउनलोड एप
Back
सार्वजनिक लेखा समिति

सार्वजनिक लेखा समितिको कार्यविधि, 2076 को दफा ४ बमोजिम समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछनः

Ø  प्रदेश राज्यकोषको खर्च प्रदेश सभाले चाहे बमोजिम होस् भनी त्यसको सुनिश्चितता गर्नु र प्रदेश सरकारको कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भए नभएको जाँच पड्ताल गर्ने,

Ø  सरकारलाई सभा प्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि सरकारबाट भए गरेका कामकारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने,

Ø  सभामा पेश गरिएका प्रादेशिक संवैधानिक आयोगका वार्षिक प्रतिवेदनमा उल्लिखित बेरुजु जाँच गरी औँल्याइएका बेरुजु असुल उपर गर्न प्रयास नगर्ने त्यस्ता आयोगद्वारा भए गरेका कामकारबाही र सो सम्बन्धमा समेत अध्ययन गरी तालुकदार निकायलाई आवश्यक निर्देशन दिने,

Ø  महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लिखित बेरुजु जाँच गर्ने साथै कानूनसम्मत र औचित्यपूर्ण तवरबाट भए नभएको सम्बन्धमा समेत अध्ययन गरी आवश्यक निर्देशन दिने,

Ø  समितिको कार्यक्षेत्र भित्रका विषयमा प्राप्त उजुरी, सञ्चार माध्यममा आएका विषयहरु, सरोकारवालाको चासो एवं समितिले आवश्यक ठानेका विषयहरुमा तत्काल स्थलगत अनुगमन, निरिक्षण वा जाँच गरी गराई सो विषयसँग सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,

Ø  सभाबाट प्राप्त महालेखापरीक्षकको प्रतिवेदनमा स्थानीय तहको आफ्नै श्रोतबाट संचालित कार्यक्रमको विवरण स्थानीय तहमा गठित सार्वजनिक लेखा समितिलाई हस्तान्तरण गर्ने ।

सभापति
मा. अक्कल बहादुर रावल
सभापति
पुरा हेर्नुहोस्
समिति सचिव
बलदेव कपाडी
लेखा अधिकृत
पुरा हेर्नुहोस्


© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain