
प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली

अभिलेख इकाई
इकाईले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम राखिएको छः-
· सचिवालयका सूचनामूलक जानकारी तथा प्रतिवेदनहरू नियमित रूपमा प्राप्त गरी अभिलेख व्यवस्थापन सम्वन्धी कार्य गर्ने,
· वेवसाइटमा राखिने सूचना तथा सूचनाजन्य सामाग्रीहरूको अध्ययन गरी प्रविधि व्यवस्थापन इकाईसँग समन्वय गरी त्यस्ता सूचनाहरू अद्यावधिक गर्ने,
· सचिवालयबाट प्रकाशन गरिने प्रकाशनहरूको सम्पादन गरी प्रकाशन गर्ने कार्यको संयोजन सम्वन्धी कार्य गर्ने,
· माननीय सदस्यहरूले बैठकमा आफूले बोलेका कुराहरू नियमानुसार सचिवालयमा निवेदन दिई माग गरेमा उतार गरी उपलब्ध गराउने,
· प्रदेश सभाका गतिविधिका सम्बन्धमा समाचार प्रकाशन तथा प्रसारको आवश्यक व्यवस्था मिलाउने,
· सचिवालयमा प्राप्त पुस्तक¸ पत्रपत्रिका तथा आवश्यक अध्ययन सामाग्रीको उचित व्यवस्थापन गरी अभिलेख राख्ने,
· संसदीय गतिविधि सम्बन्धी श्रब्य दृश्य साधनहरूलाई वैज्ञानिक ढङ्गले व्यवस्थित गरी अद्यावधिक गरी अभिलेख राख्ने,
· संसदीय इतिहास तथा गतिविधिसँग सम्बन्धित सामग्रीहरूको संकलन गरी संग्राहालयको रूपमा अभिलेख राख्ने,
· संसद सम्बन्धी विभिन्न देशका कानूनहरू, जर्नलहरू व्यवस्थित गरी अभिलेख राख्ने,
· विभिन्न देशका संसद सम्बन्धी श्रव्य दृश्य साधनहरू तथा प्राप्त उपहारहरू संकलन गरी अभिलेख राख्ने ।