अ-
अ+
डाउनलोड एप
Back
कानून तथा विधेयक शाखा

शाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम राखिएको छः-

Ø प्रदेश सभाको सभामुखको निर्देशन एवं कार्यव्यवस्था परामर्श समितिको निर्णयानुसार सम्वन्धित मन्त्रालय, मन्त्री र अन्य पदाधिकारीसँग समन्वय गरी बैठकको कार्यसूची तयार गरी प्रदेश सभा सभा सदस्य लगायत सम्बन्धित पदाधिकारीहरूलाई वितरण गर्ने, गराउने,

Ø बैठक सञ्चालनको लागि विद्यमान प्रदेश सभा नियमावलीमा निधारित प्रक्रियाहरूलाई लिपिवद्ध गरी प्रदेश सभाको दैनिक कार्यसूची अनुसार बैठक सञ्चालनका लागि वाचन पत्र तयार गर्ने,

Ø अघिल्लो बैठकको संक्षिप्त विवरण समावेश भएको सूचनापत्र तयार गरी यथाशीघ्र वितरण गर्ने,

Ø सचिवालयमा प्राप्त विधेयकहरू (सरकारी तथा गैरसरकारी) तोकिएका प्रक्रिया र शर्तहरू पूरा भए/नभएको यकीन गरी दर्ता गर्ने,

Ø दर्ता भएका विधेयकहरू मा.सदस्यहरूलाई वितरण गर्नका लागि टिप्पणी पेश गर्ने,

Ø सभामा विधेयकमाथिको सामान्य छलफल समाप्त भएपछि संशोधन प्रस्तावको लागि सदस्यहरूलाई जानकारी गराउन अवधि खुलाई सूचना प्रकाशन गर्ने,

Ø संशोधन प्रस्तावहरू प्राप्त गर्ने र प्राप्त संशोधन प्रस्तावहरूलाई विधेयकको दफाक्रमको आधारमा व्यवस्थित गरी स्वीकृतिको लागि सभामुख समक्ष पेश गर्ने,

Ø विधेयक र संशोधन प्रस्तावहरू दफावार छलफलको लागि समितिमा पठाउने,

Ø विधेयकमा आनुषाङ्गिक सुधार गर्नु पर्ने भएमा सोको कारण सहितको व्यहोरा खोली आवश्यक निर्णयार्थ टिप्पणी पेश गर्ने,

Ø विधेयक प्रमाणीकरणका लागि आवश्यक प्रति तयार गर्ने, प्रमाणीकरण भएका विधेयकको अभिलेख राख्ने,

Ø प्रदेश सभाको अधिवेशन अवधिको कार्यवृत्त (जर्नल) तयार गरी सम्बन्धित पदाधिकारी एवं अभिलेख इकाईलाई उपलव्ध गराउने एवं अभिलेख राख्ने,

Ø विधेयक पारितको क्रममा पुर्‍याउनु पर्न प्रक्रियागत कारवाही पूरा गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पुर्‍याउने¸

Ø अधिवेशन नभएको समयमा जारी भएका अध्यादेशहरू बैठक बसेपछि पेश गरी स्वीकृत गराउन आवश्यक व्यवस्था मिलाउने,

Ø प्रदेश सभाद्वारा बनाइएका विभिन्न समितिहरू, सचिवालयसँग सम्बन्धित विभिन्न कानूनी विषयहरूमा आवश्यकतानुसार कानूनी राय, परामर्श उपलब्ध गराउन सहयोग गर्ने,

Ø संवैधानिक प्रश्न समावेश भएको प्रदेश सभा पक्ष वा विपक्ष भएको मुद्दामा लिखित जवाफ प्रस्तुती लगायत कानूनी प्रतिरक्षा र प्रतिनिधित्व गर्ने साथै सो लिखित जवाफ वा प्रतिउत्तर सम्बन्धित अदालतमा पठाउने,

Ø प्रदेश सभामा उठ्न सक्ने विशेषाधिकारको प्रश्न, विधेयकमा संशोधन प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव लगायतका निर्णयको ढाँचा, मस्यौदा आदिको जाँच गर्ने,

Ø नियमावलीहरूको व्याख्या गर्ने कार्यमा सम्बन्धित पदाधिकारीलाई सहयोग गर्ने,

Ø सचिवालयसँग सम्बन्धित ऐन, कानून निर्माण संशोधन र परिमार्जनको लागि मस्यौदा तयार गर्ने,

Ø प्रदेश सभा सचिवालयको तर्फबाट नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने सूचनाहरूको मस्यौदा गर्ने,

Ø संवैधानिक प्रश्न, प्रदेश सभा पक्ष वा विपक्ष भएको मुद्दा, विशेषाधिकारको प्रश्न जस्ता विषयहरुको अतिरिक्त विधेयक संशोधन प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव आदि सभामा प्रस्तुत हुने विषयहरुको ढाँचा, मस्यौदा आदिको जाँच तथा नियमावलीको व्याख्या गर्ने कार्यमा सम्बन्धित पदाधिकारीलाई कानूनी परामर्श दिने,

Ø विधेयकको कानूनी पक्षका सम्बन्धमा राय परामर्श दिने,

Ø सचिवालय सम्बन्धी आन्तरिक काम, कारवाही र नीति निर्माण तर्जुमाका सम्वन्धमा कानूनी राय दिने ।

 

प्रमुख
तेज प्रकाश जोशी,उपसचिव (कानून)
इकाईहरू


© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain