अ-
अ+
डाउनलोड एप
Back
आर्थिक प्रशासन तथा सदस्य सुविधा इकाई

इकाईले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम राखिएको छः-

·   प्रदेश सभा तथा समितिहरूको बैठकमा माननीय सदस्यहरूको हाजिरी समेतका आधारमा संसदीय पदाधिकारीहरू लगायत माननीय सदस्यहरूले ऐन नियमानुसार पाउने पारिश्रमिक, सेवा सुविधाका रकमहरू प्रदान गर्ने,

·   सचिवालयका कर्मचारी तथा मर्यादापालकहरूलाई नियमानुसारको तलब, भत्ता लगायतका अन्य सेवा, सुविधा उपलब्ध गराउने,

·   प्रदेश सभा र सचिवालयको सञ्चालनको लागि वजेटमा विनियोजन गरिएको रकम रीतपूर्वक खर्च गर्ने,

·   आर्थिक पक्षसँग सम्बन्धित विषयमा व्यवस्थापनलाई राय सुझाव प्रदान गर्ने,

·   निर्वाचन क्षेत्र वा बसोबास भएको जिल्लाको वस्तुस्थितिको आवश्यक भ्रमण प्रतिवेदन प्रदेश सभा सदस्यहरूबाट प्राप्त गरी तत्सम्बन्धी आवश्यक कारवाही गर्ने, गराउने,

·   प्रदेश सभा सदस्यहरूलाई दिइने पारिश्रमिक, टेलिफोन, घरभाडा, स्वास्थ्योपचार र यस्तै अन्य सुविधासम्बन्धी काम गर्ने,

·   आर्थिक प्रशासन सम्बन्धी निर्णयको कार्यान्वयन गर्ने । 

प्रमुख
इकाईहरू


© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain