
प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली

कार्यव्यवस्था इकाई
इकाईले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम राखिएको छः-
· माननीय सदस्यहरूबाट प्राप्त बैठकमा अनुपस्थित रहने सूचना नियमानुसार सभामुखबाट तथा बैठकबाट स्वीकृत गराउने,
· संसदीय दलहरूबाट प्राप्त संसदीय दलका नेता तथा पदाधिकारीहरूको नियुक्ति, राजिनामा एवं हेरफेर भएको पत्रहरूलाई कार्यव्यवस्था परामर्श समितिको बैठक समक्ष प्रस्तुत गर्ने,
· प्रदेश सभा अन्तर्गत गठन हुने विभिन्न विषयगत समितिहरूमा माननीय सदस्यहरूको संख्या एकिन गर्ने र दलले समय समयमा नाम हेरफेर गरी पठाएमा सो बमोजिम अद्यावधिक गर्ने,
· कार्यव्यवस्था परामर्श समितिको बैठक सञ्चालन गर्ने,
· कार्यव्यवस्था परामर्श समितिको वैठकमा भएका निर्णयहरू सम्बन्धित निकाय, पदाधिकारी एवं शाखाहरूलाई जानकारी गराउने,
· प्रदेश सभामा समय समयमा गठन हुने विशेष समिति, जाँचबुझ समिति, छानविन समिति तथा सभाले गठन गर्न सक्ने अन्य समितिहरू गठन गर्ने प्रस्तावहरू पेश गर्ने,
· नियमावलीले निर्देशित गरे बमोजिम बैठकमा पेश हुने विभिन्न किसिमका प्रस्तावका फारामहरू तयार गर्ने,
· प्रदेश प्रमुखबाट प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सदन समक्ष पेश गर्न आवश्यक व्यवस्था मिलाउने,
· प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम सदन समक्ष छलफलको लागि प्रस्तुत गर्ने एवं पारित गर्न आवश्यक व्यवस्था मिलाउने,
· अघिल्लो आर्थिक वर्षको आर्थिक सर्वेक्षण माननीय आर्थिक मामिला तथा योजना मन्त्रीले बैठक समक्ष पेश गर्न व्यवस्था मिलाउने,
· चालु आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बैठक समक्ष पेश गर्न आवश्यक व्यवस्था मिलाउने,
· बजेटमाथि छलफल गराउने, विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत एवं मन्त्रालयका शीर्षकगत बजेटहरूमाथि छलफल गराउने, खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत गर्ने एवं विनियोजन विधेयक पारित गराउने सम्मका प्रक्रियाहरू मिलाउने,
· बजेट सम्बन्धी अन्य पूरक विधेयकहरू जस्तो आर्थिक विधेयक, प्रदेश सरकारले ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक, पेश्की खर्च विधेयकहरू प्रस्तुत गर्ने र पारित गराउने सम्मका प्रक्रियाहरू मिलाउने ।
· प्रतिनिधि सभाको बैठकमा पेश हुने कार्यक्रम निर्धारण गरी दैनिक कार्यसूची तयार गर्ने गराउने,
· दैनिक कार्यसूची अनुसार वाचनपत्र तयार गर्ने,
· सभाको बैठकमा पेश हुने विधेयकको प्रस्तुति देखि पारित सम्मका चरणहरुलाई सुव्यवस्थित रुपमा बैठकको कार्यक्रममा राख्न लगाउने,
· बैठकमा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु सुव्यवस्थित गर्ने सम्बन्धमा मन्त्रालयहरुसँग आवश्यक समन्वय गर्ने,
· बैठकको दैनिक कार्यसूची र सूचना पत्र तयार गर्न लगाई माननीय सदस्यहरुलाई उपलब्ध गराउने,
· बैठकका कार्यक्रमहरुबारे माननीय सभामुखज्यू, माननीय उपसभामुखज्यू, प्रदेश सभा सचिवज्यूलाई अवगत गराउने,
· प्रदेश सभाको प्रत्येक अधिवेशनको सम्पूर्ण विवरण तयार गर्न लगाउने,
· दैनिक कार्यसूची, संक्षिप्त विवरण, सूचना पत्र र कार्यवृत्त (जर्नल) सम्बन्धी अभिलेख पुस्तिका तयार गर्न लगाउने, र
· माननीय सभामुखज्यू, माननीय उपसभामुखज्यू, प्रदेश सभा सचिवज्यूबीच सम्पर्क शुत्रको रुपमा काम गर्ने ।