
प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली

कार्यव्यवस्था शाखा
शाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम राखिएको छः-
· कार्यव्यवस्था परामर्श समितिको वैठक व्यवस्थापन लगायत आवश्यक कार्य गर्ने,
· प्रदेश सभाको बैठकमा पेश हुने कार्यक्रम निर्धारण गरी दैनिक कार्यसूची तयार गर्ने गराउने,
· दैनिक कार्यसूची अनुसार वाचनपत्र तयार गर्ने,
· बैठकमा पेश हुने विभिन्न कार्यक्रमहरु व्यवस्थित गर्ने कार्यको सुपरिवेक्षण गर्ने,
· प्रदेश सभाको बैठकमा पेश हुने विधेयकको प्रस्तुति देखि पारित सम्मका चरणहरुलाई सुव्यवस्थित रुपमा बैठकको कार्यक्रममा राख्न लगाउने,
· बैठकमा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु सुव्यवस्थित गर्ने सम्बन्धमा मन्त्रालयहरुसँग आवश्यक समन्वय गर्ने,
· बैठकको दैनिक कार्यसूची र सूचना पत्र तयार गर्न लगाई माननीय सदस्यहरुलाई उपलब्ध गराउने,
· बैठकका कार्यक्रमहरुबारे माननीय सभामुखज्यू, माननीय उपसभामुखज्यू र प्रदेश सभा सचिवज्यूलाई अवगत गराउने,
· प्रतिनिधि सभाको प्रत्येक अधिवेशनको सम्पूर्ण विवरण तयार गर्न लगाउने,
· दैनिक कार्यसूची, सूचना पत्र र कार्यवृत्त (जर्नल) सम्बन्धी अभिलेख पुस्तिका तयार गर्न लगाउने, र
· माननीय सभामुखज्यू, माननीय उपसभामुखज्यू र प्रदेश सभा सचिवज्यूबीच सम्पर्क शुत्रको रुपमा काम गर्ने ।