अ-
अ+
डाउनलोड एप
Back
प्रविधि व्यवस्थापन इकाई

इकाईले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम राखिएको छः –

  • प्रदेश सभा  र अन्तर्गतका समिति तथा सचिवालयको लागि आवश्यक पर्ने सूचना तथा प्रविधि, श्रव्यदृष्य, मुद्रण र विद्युत् सम्वन्धी कार्य सम्पादन गर्ने,
  • वर्तमान अवस्थामा अवलम्वन गर्नु पर्ने इ-गर्भनेन्स सम्वन्धी नीति तथा योजना तर्जुमा गर्ने तथा त्यस्तो नीतिको कार्यान्वयन गर्ने, गराउने,
  • सूचना प्रविधि शाखा, श्रव्यदृष्य शाखा, मुद्रण तथा प्रकाशन शाखा तथा विद्युत् प्रवन्ध सम्बन्धी आवश्यक कार्य गराउने,
  • प्रदेश सभाको आधिकारीक website, Mobile Apps संचालन एवं अद्ययावधिक गर्ने, गराउने,
  • प्रदेश सभाको आधिकारीक Facebook Page, Twitter लगायत सामाजिक संजालहरुको अधिकतम उपयोग गर्ने, गराउने,
  • सचिवालयमा आवश्यक सफ्टवेयरको व्यवस्थापन सम्वन्धी कार्य गर्ने, गराउने ।  
  • सचिवालयमा आवश्यक सूचना प्रविधि सम्बन्धी कार्ययोजना तयार गर्ने,
  • प्रदेश सभा  बैठक तथा सचिवालयमा आवश्यक Internet सेवा जडान, मर्मत तथा विस्तार गर्ने,
  • उच्चतम् नयाँ प्रविधिहरु कार्यान्वयनमा ल्याउने व्यवस्था गर्ने,
  • Data Security System Security लाई विशेष प्राथमिकतामा राख्ने,
  • सूचना प्रविधि क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई आवश्यकता अनुसार कार्यान्वयनमा ल्याउने,
  • सचिवालयको वेबसाइटमा निरन्तर अवलोकन गरी तहाँ भएका सूचना तथा जानकारीहरु अद्यावधिक गर्ने, गराउने,
  • प्रदेश सभा र समितिहरुमा आवश्यकता अनुसार रेकर्डिङ्गको ब्यवस्था मिलाउने,
  • सचिवालयलाई प्रविधि मैत्री वनाउन नविनतम् प्रविधिको उपयोग गर्ने,
  • प्रदेश सभा र अन्तर्गतका समितिहरुका बैठकहरु तथा सचिवालयमा हुने औपचारिक कार्यक्रमहरुको विद्युतीय अभिलेख (अडियो/भिडियो रेकर्डिङ्ग) सम्वन्धी कार्य गर्ने, गराउने,
  • माननीय सदस्यहरुले बोलेका श्रव्यदृश्य सम्वन्धी अभिलेखहरु माग भए वमोजिम प्रक्रिया पु-याई उपलब्ध गराउने,
  • प्रदेश सभा तथा समितिका बैठकहरुमा भएका गतिविधिहरुको सम्पादन गरी आधिकारीक वेवसाइट र अन्य तोकिएका माध्यमबाट प्रसारण सम्वन्धी कार्यको व्यवस्थापन गर्ने,
  • प्रदेश सभा र अन्तर्गतका समितिहरुका बैठकहरु तथा सचिवालयमा हुने औपचारिक कार्यक्रमहरुको विद्युतीय अभिलेख (अडियो/भिडियो रेकर्डिङ्ग) सम्वन्धी भण्डारण गर्ने, गराउने।
  • संसदीय गतिविधिहरुलाइ श्रव्यदृष्य मार्फत आम नागरिक समक्ष पु-याउने र उक्त गतिविधिहरुको विद्युतीय भण्डारण गर्ने प्रयोजनका लागि यस शाखाको गठन भएको हो ।
  • प्रदेश सभा, संसदीय समिति र सचिवालयको लागि विद्युत सम्वन्धी सेवा व्यवस्थापन गर्ने, गराउने,
  • सचिवालयमा भित्रने विद्युत सम्बन्धी सामान तथा उपकरणहरुको स्पेसिफिकेशन तयार गर्ने, गराउने,
  • विद्युत आपूर्ति व्यवस्थामा नियमितता ल्याउन आवश्यक कारवाही गर्ने।
प्रमुख
प्रेम कटेल,कम्प्युटर अधिकृत
इकाईहरू


© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain